टाटाको बजार हिस्सा ७४ प्रतिशत

नेपालमा सिप्रदी ट्रेडिङको मार्केट सेयर करिब ७४ प्रतिशत छ ।

भारतमा नेपालभन्दा बढी अर्थात् ८५ प्रतिशत बजार ओगटेको छ।

नेपालमा एक वर्षअघि टाटाको नेक्सन ईभीको माग बढी हुँदा ६–७ महिनासम्म कुनुपर्ने अवस्था आयो।

नेक्सन ईभी नेपालमा ३ हजार बढी बिक्री भएको छ।

सिप्रदी ट्रेडिङले टियागोको माग उच्च भए पनि नेक्सन ईभी जस्तो कुर्नुपर्ने अवस्था नरहेको जनाएको छ।

कम्पनीले अहिले नै शोरुमबाट टियागो ईभी डेलिभरी हुन थालेको भन्दै खरिदकर्तालाई दसैंअघि डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ।

टाटाको टिगोर ईभी ३०० बढी बिक्री भएको छ। ट्याक्सीका रुपमा प्रयोग भइरहेको एक्सप्रेस टी ४०० बढी विक्री भएको कम्पनीले जनाएको छ।

कतिपयले टियागोलाई ट्याक्सीका रुपमा प्रयोग गर्ने चासो भए पनि टाटाले ट्याक्सीका लागि एक्सप्रेट टी रहेकाले टियागो निजी गाडीका रुपमा मात्रै बिक्री गर्ने बताएको छ।

टाटा मोटर्सले  ५ वर्षमा १ लाख विद्युतीय गाडी बिक्री गरेको छ।

१० हजार गाडी बिक्री गर्न ४४ महिना लागेको थियो। अर्को १५ महिनामा कम्पनीले ४० हजार गाडी बेचेको थियो।

पछिल्लो ९ महिनामै ५० हजार विद्युतीय गाडी बेचिएको छ।

टाटा मोटर्सले भारतमा सन् २०३० सम्ममा विद्युतीय गाडीको बजार हिस्सा ५० प्रतिशत पुर्‍याउने जनाएको छ।

टाटा मोटर्सले २०२६ सम्म १० वटा मोडल विद्युतीय गाडी बजारमा ल्याउने योजनामा छ।

नेपालको आधिकारिक बिक्रेता सिप्रदीले २१ स्थानमा फास्ट चार्जिङ स्टेशन तयार गरेको छ।

त्यस्तै २३ स्थानमा सिप्रदीका उच्चस्तरीय सर्भिस सेन्टरको विस्तार भइसकेको छ।

टाटाका विद्युतीय मोडललाई सहयोग पुग्नेगरी चार्जिङ स्टेशनदेखि सर्भिस सेन्टरलाई नेपालका विभिन्न ठाउँमा विस्तार गर्ने योजना रहेका कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *