Skip to content
रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डेको अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरेको छ ।

शनिबार आयोजना गरिएको कार्यक्रममा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जागरूकता, व्यवस्थित सवारी संस्कृति प्रवर्द्धन र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको छ ।

रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको राइड, त्रिपुरेश्वर – कंलकी – स्वयम्भु – भगवानपाऊ – छाउनी – भिमसेनथान – बसन्तपुर – दरबारमार्ग – घण्टाघर – शहिटगेट – त्रिपुरेश्वर – कुपनडोल – पाटनढोका – पिम्बहाल – मंगलबजार – बालकुमारी – कोटेश्वर – पेप्सीकोला – सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो ।
रोयल इनफिल्ड राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरिएको थियो ।
Post Views: 255