धुवाँको सट्टा पानी आउने हाइड्रोजन बस

त्यहाँको संघीय मन्त्री हरदीपसिंह पुरीले गत सोमबार ग्रीन हाइड्रोजनबाट चल्ने देशकै पहिलो बसलाई झण्डोत्तोलन गरेर स्वागत गरेका थिए ।

यी बसहरु परीक्षणका निम्ति सञ्चालनमा ल्याएको बताइएको छ ।

परीक्षण अवधिमा दुई बसले दिल्ली, हरियाणा र उत्तरप्रदेशमा करीब ३ लाख किलोमिटर यात्रा गर्ने छन् ।

त्यसपछि आवस्यक सुधारसहित नयाँ बसहरु सञ्चालन गर्ने योजना भारतले बनाएको छ ।

३० किलो क्षमतामा चार वटा हाइड्रोजन सेल (सिलिण्डर) बसमा राखिएको छ ।

यो १२० किलो हाइड्रोजनले भारतको समथर भूभागमा ३५० किलोमिटर यात्रा गर्न पुग्छ ।

तर यी चार वटै सिलिन्डर भर्नका लागि बढीमा १२ मिनेटको समय लाग्ने बताइएको छ ।

यसले रातैभरी ब्याट्री चार्जमा राखेर कुदाउनु पर्ने विद्युतीय गाडीभन्दा निकै सहज हुने वैज्ञानिकहरुको अनुमान छ ।

हाइड्रोजन इन्धनबाट गाडी चलाउँदा धुवाँको सट्टा पानी आउँछ ।

हाइड्रोजन इन्धन पनि पानीबाटै बनाइन्छ ।

पानीमा हुने दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनलाई छुट्याएर यस्तो इन्धन तयार हुन्छ ।

प्रकृतिमा सबैधन्दा धेरै उपलब्ध रहेको तत्व नै हाइड्रोजन हो ।

यो सबैभन्दा हलुका ग्यास पनि हो ।

हाइड्रोजन इन्धनको शक्ति अन्य इन्धनको तुलनामा ३ गुणा बढी हुने भनिएको छ ।

यस्ता कुराले हाइड्रोजनलाई भविष्यको ऊर्जाको रुपमा हेरिँदै छ ।

भारतले ऊर्जामा आत्मनिर्भर बन्न भन्दै यो वर्षको बजेटबाट ‘हाइड्रोजन मिसन’ घोषणा गरेको थियो । यसका लागि करीब २ खर्ब भारु खर्च गर्ने भनिएको छ ।

इनर्जि ट्राञ्जिशन’ र ‘नेट जेरो इमिशन’का लागि भनेर बजेटले साढे ३ खर्ब भारु खर्च गर्ने प्रस्ताव गरेको थियो ।

भारतले सन् २०३० सम्म वार्षिक ५० लाख टन हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य घोषणा गरेको छ ।

यसका लागि २०३० सम्म ८० खर्ब भारु लगानी गर्ने योजना छ ।

हरित हाइड्रोजनको अध्ययन नेपालमा पनि भइरहेको छ ।

 -एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *