सर्भिस लेनमा बिआरटी बस चलाउन सकिने

यो प्रणाली अन्तर्गत बस सञ्चालनका लागि अध्ययन कार्यदलले हालकै सर्भिस लेन प्रयोग गर्न सकिने सुझाव दिएको छ ।

प्रधानमन्त्री कार्यालयले अनुमति दिएपछि विभागले विज्ञसहितको टोलीलाई भाडा निर्धारण, बस संख्या र रुटको निर्क्योल, लेन मार्किङ, बसको मापदण्ड बनाउन जिम्मेवारी दिएको छ ।

यातायातविज्ञ आशिष गजुरेलले नेपालमा बिआरटी बस सेवा सञ्चालन हाउगुजी मात्रै नबनोस् भनेर कामना गरे ।

‘डेडिकेटेड लेनबाट चलाइने यस्तो बस सेवा सहरी क्षेत्रका लागि अपरिहार्य छ,’ उनले भने, ‘अन्य देशमा यस्तो अभ्यास छ र यसलाई नेपालमा पनि सञ्चालन गर्न सकिन्छ ।

त्यहीअनुसारको ट्राफिक नियम डिजाइन गर्न सकिन्छ ।’

सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्न ३५ मिनेट लाग्ने कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

विभागका अनुसार सुरुमा ५–१० वटा बस यो नियममा सञ्चालन गर्ने तयारी छ ।

यसको माग, प्रभावकारिता र सहजता देखिए बस थप गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *