भइरहेकै बसलाई मापदण्ड बनाएर सञ्चालन गरिने 

यो सेवाका लागि सरकारले तत्काल नयाँ बस नकिन्ने र हाल सञ्चालनमै रहेका बसलाई यो नियम अनुसार चलाउने योजना अघि सारेको छ ।

विभागले पनि उपत्यकामा गुड्ने, सुविधायुक्त बस व्यवसायीहरूसँग छलफल गरिरहेको छ ।

साझा, महानगर, मयूरजस्ता बसलाई यो नियमअनुसार सञ्चालन गर्न सजिलो हुने विभागको अनुमान छ ।

ठूला बसहरूलाई यो नियममा हिँड्न प्रोत्साहन गरिनेछ ।

सडकमा फरक नियमसहित गुड्न पाउने भएकाले बस कम्पनीहरू यसमा आकर्षित हुने विभागको भनाइ छ ।

यस किसिमको बस सेवा सञ्चालनका लागि सडक तथा यातायात पूर्वाधार पनि फरक चाहिन्छ  ।

बस पनि ठूला र दुवैतर्फ ढोका भएका आवश्यक हुन्छन् ।

तर, पहिलो चरणमा भइरहेकै सडकको लेन मार्किङ गरेर र भइरहेकै बसलाई प्रयोग गरेर यस्तो बस सेवा सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *