घट्यो आन्तरिकतर्फको हवाई भाडा

काठमाडौं : आन्तरिकतर्फको हवाई भाडा घटेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको हो ।

प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ ।

योसँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ ।

यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो भने सबैभन्दा कम काठमाडौं–सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घट्न पुगेको छ ।

यसअघि काठमाडौं–सिमरा चार्ज एक हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै हवाई भाडा समेत समायोजन भएको हो ।

अन्य कुन गन्तव्यको भाडा कतिले घट्यो? (सूची)

Leave a Reply

Your email address will not be published. Required fields are marked *