यात्रुको बिदाइ तथा स्वागतमा तीनजना मात्रै जान पाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीनजना मात्रै जान पाइने भएको छ।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनपरिसरमा भिडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एकजनाका लागि तीनजना मात्रै जान पाउने निर्णय गरेको हो।

प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भिडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो।

अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ।

विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको  भिड लाग्छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

आन्तरिकतर्फ ११ हेलिकाेप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *