नेपालको सार्वजनिक यातायात यातनापूर्ण

-आशिष गजुरेल, यातायातविद् 

यातायातविद् आशिष गजुरेलले नेपालको सार्वजनिक यातायात यातनापूर्ण रहेको बताए ।

उनले उपत्यकाभित्रकै बसमा ओहोरदोहोर गर्दा यात्रु ठगिने, लुटपाटमा पर्ने, सहचालकको अभद्र व्यवहार सहनुपर्ने, कोचाकोच भएर यात्रा गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

‘बिदाको दिन सार्वजनिक यातायात प्रयोग गर्ने गरेको छु, सहचालकले जतिसक्दो यात्रु कोच्न खोज्ने, दायाँ–बायाँ फर्काएर कोच्ने, सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुलाई सजाय पाएको अनुभूति हुँदो रहेछ,’ उनले भने, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरौँ र सार्वजनिक यातायातको सुधार गरौँ ।’

उनका अनुसार उपत्यकाको यातायात व्यवस्था सुधार गर्नका लागि स्थानीय सरकार, भौतिक मन्त्रालय, प्रदेश मन्त्रालय लगायत सबैले चासो दिन आवश्यक छ ।

उनले उपत्यकामा सुधारिएको बस सञ्चालन गर्ने हो भने यात्रुहरूलाई सास्ती कम हुने र पिक आवरमा पनि सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *