श्रीलङ्कामा सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु

कोलम्बो : श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दुर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ ।

यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराएका हुन् ।

यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताए ।

यसैबीच दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ ।

पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम सुरु गरिएको मन्त्रीले बताए ।

सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागुऔषध सेवन गरी सवारी चलाएको आशङ्कामा एक हजार ७८१ चालकको परीक्षण गरिएको राज्यमन्त्रीले जानकारी दिए ।

श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार चार सय ८५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *