टाटा मोटर्सका गाडीहरु तीन दिन भित्रै फाइनान्सिङ

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ईभी अर्थात विधुत्तीय गाडी किन्न चाहनु हुने ग्राहक महानुभावहरूका लागि अत्याधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङ्गको सुविधा ल्याएको छ, जुन नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने छन् ।

विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभिको ८०% सम्म गाडी फाइनान्सिङ्ग अब ३ दिन भित्रै हुने छन् ।

उक्त फाइनान्सिङ्ग नेपालभरि फैलिएका विभिन्न क वर्गका बैंकद्वारा १००५ प्रतिशतको न्युनतम ब्याजदरमा उपलब्ध हुने छन् ।

टाटा मोटर्सका ईभि गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङ्गको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमईबैंक, तथा प्रभु बैंकका संजालबाट उपलब्ध हुने छन् ।

अहिलेको समयमा टाटा मोटर्सका अत्याधिक रुचाईएका ईभी अर्थात विधुत्तीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनिले पनि आफ्नो उत्पादनहरुका साथ्ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आईरहेको जानकारी सबैलाई छ ।

नेपालकै पहिलो,  ठुलो र फैलिएको २० स्थानमा फास्ट चार्जिंग स्टेशनदेखि उच्चस्तरिय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंग स्टेशन देखि सर्भिस स्टेशनलाई नेपालको विभिन्न भू-भागमा फैलाउने योजना प्राप्त भएको छ ।

यो संग-संगै जनशक्तिको दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ्ग सेन्टर तथा ट्रेणिङ्ग सेन्टरको थप निर्माण गर्ने योजना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *