इभीमा डिजेल पेट्रोलभन्दा ९९ प्रतिशत खर्च कम

पछिल्लो समयमा इन्धन खर्च कम लाग्ने भएपछि वातावरणमैत्री विद्युतीय सवारीसाधनमा व्यवसायीको आकर्षण बढेको हो।

डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा टुटफुट पनि कम हुने र इन्धन पनि नचाहिने हुँदा पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति व्यवसायीको आकर्षण बढ्दै गएको चालकले सुनाए।

सुरुमा खरिद गर्दा विद्युतीय सवारीसाधन महँगो भए पनि सञ्चालन खर्च कम आउने यातायात व्यवसायी बताउँछन्।

विद्युतीय सवारीसाधन मर्मतका लागि सामान (पार्ट्स) नआएको र बिग्रियो भने कम्पनीले नयाँ गाडीको खोलेर हालिदिने गरेकाले खर्च बढेको अर्का व्यवसायी हरिकृष्ण बुढाथोकीको गुनासो छ।

अर्को गाडी जस्तो विद्युतीय सवारीसाधन जता पनि सञ्चालन नहुने र पक्की सडकमा मात्रै सञ्चालन हुने उनले बताए।

सुनकोसी गाउँपालिका–५, रामटारमा दुई वर्षदेखि विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालन गर्दै आएका व्यवसायी रामहरि पौडेलले चार्जिङ स्टेसनका लागि लगानी धेरै हुने बताए।

विद्युत् नियमित नहुँदा ग्यासबाट जेनेरेटर सञ्चालन गरी चार्ज गर्दा झन् महँगो पर्न जाने उनको अनुभव छ।

विद्युत् नियमित हुँदा सवारीसाधन रिचार्ज गरेबापत प्रतियुनिट १५ रुपियाँ शुल्क लिने गरेको र यो डिजेल पेट्रोलभन्दा ९९ प्रतिशत खर्च कम भएको उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *