कति हाइड्रोजन उत्पादन हुनसक्छ नेपालमा ?

नेपालमा आउने डिजललाई २ प्रतिशतका दरले हाइड्रोजनले विस्थापित गर्न सकिन्छ।

यसो हुने हो भने नेपालमा १० वर्षमा करिब ७१ अर्ब रुपैयाँ बराबरको डिजेलको बजार हाइड्रोजन इन्धनले विस्तार हुने अध्ययनले देखाएको छ।

प्रत्येक वर्ष खेरजाने बिजुलीबाट हाइड्रोजन निकाल्ने हो भने २०३० सम्म ३ लाख ५० हजार मेट्रिक्टन हाइड्रोजन निकाल्न सकिन्छ।

८० हजार मेट्रिक्टन हाइड्रोजनले युरिया कारखानाको आपूर्तिलाई परिपूर्ति गर्छ।

एउटा जलविद्युत् आयोजना हाइड्रोजन निकाल्ने प्रविधि राख्न कुल जलविद्युत् उत्पादन लागतको करिब एकतिहाइ लाग्ने बताइन्छ।

आकस्मिक हुन सक्ने दुर्घटनाको सन्दर्भमा पनि अन्य पेट्रोलियम पदार्थजस्तो घन्टौंसम्म नबसी हाइड्रोजन २ मिनेटमा उडेर जाने र कम क्षतिग्रस्त हुने बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *