कसरी बन्छ हाइड्रोजन ?

नौ किलोग्राम पानीबाट १ किलोग्राम हाइड्रोजन निकाल्न सकिन्छ।

१ किलोग्राम हाइड्रोजन निकाल्न करिब ५० युनिट किलोवाट आवर लगभग ५ सय रुपैयाँ बिजुली लाग्छ।

हाइड्रोजन बनाउनका लागि पानी र बिजुली चाहियो, जुन नेपालसँग प्रशस्त छ।

हिमालबाट बग्ने पानी र खेर जाने बिजुलीबाट नै हाइड्रोजन निकाल्न सकिन्छ।

पहिला पानीलाई शुद्धीकरण गर्नुपर्छ। पानीबाट खनिज हटाउनुपर्छ। शुद्ध पानी बनाउन पर्‍यो।

खनिज नहटाए मसिनमा खिया लाग्न सकिन्छ भनिन्छ। खिया नलाग्ने इलेक्ट्रोलाइसिस प्रविधिको विकास हुँदै गएको विराज थापा बताउँछन्।

अहिलेको प्रविधिले केही घन्टादेखि वर्षदिनसम्म हाइड्रोजनलाई भण्डारण गर्न सकिन्छ।

हाइड्रोजनलाई आवश्यकता अनुसार तरल, मेटल हाइड्राइड बनाएर ठोस र ग्यास बनाएर भण्डारण वा निर्यात गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *