कतिपर्छ हाइड्रोजन इन्धन ?

अहिले विश्वमा सबैभन्दा धेरै लगानी हाइड्रोजन अनुसन्धानमा भइरहेको छ। प्रत्येक विश्वविद्यालयमा यसको अनुसन्धान भइरहेको छ।

आज विश्व बजारमा हाइड्रोजन प्रतिकिलो ५ अमेरिकी डलर पर्छ। सन् २०२५ सम्म २ डलरमा झार्ने र २०३० सम्म १ डलरमा झार्ने भन्ने छ।

१ किलोग्राम हाइड्रोजनलाई ५ डलर नै परे पनि त्यतिबाट २ सय किलोमिटरसम्म चल्ने कारहरू बजारमा आइसकेका छन्।

५ डलर पर्दा पनि १ किलो हाइड्रोजन सरदर ७ सय रुपैयाँ पर्छ।

७ सय रुपैयाँको इन्धनले २ सय किलोमिटर चल्ने पेट्रोलियम कार कहीँ पनि छैन। इन्धनको हिसाबले हेर्दा पनि हाइड्रोजन कार सस्तो भइसकेको छ।

विद्युतीय गाडीभन्दा अलि महँगो भए पनि लामो दूरी तय गर्न हाइड्रोजन उपयुक्त हुन्छ।

विद्युतीय गाडीमा ब्याट्री हुन्छ र निश्चित ठाउँमा गएर चार्ज गर्नुपर्ने हुन्छ।

छोटो दूरीमा वा आन्तरिक प्रयोगका लागि विद्युतीय सवारी उपयुक्त भए पनि भारतको कलकत्ताबाट सामानले भरिएको ट्रक ल्याउनका लागि हाइड्रोजन गाडी उपयुक्त हुनसक्छ।

हाइड्रोजन र ब्याट्री परिपूरक हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *