सिट्रोन ई सीथ्रीको बुकिङ खुल्ला

काठमाडौं- सिट्रोनले नेपाली बजारमा आफ्नो विद्युतीय कार ई सीथ्री ल्याउने तय गरेको छ। ई सीथ्री नेपाल ल्याउने तय भए सँगै बुकिङ खुला गरिएको छ।

सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सिट्रोन ई सीथ्रीको बुकिङ खुला गरेको हो।

कम्पनीले ह्याचब्याक सेगमेन्टको यो विद्युतीय कारको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले विश्व वातावरण दिवसको अवसर पारेर ई सीथ्रीको बुकिङ खुलाएको हो।

फ्रेन्च कार ब्रान्ड सिट्रोनले भारतीय बजारलाईै लक्षित गरेन नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ।

उक्त विद्युतीय कार बारे भारत तथा नेपाली बजारमा चर्चा भइरहेको छ।

भारतमा रहेका सवारी उत्पादकहरुले विद्युतीय कार उतपादनलाई प्राथमिकतामा राखेका छन्।

सिट्रोनले सार्वजनिक गरेको ई सीथ्री विद्युतीय कार आईसी इन्जिनयुक्त सीथ्रीकै प्लेटफर्ममा बनेको हो।

भारतमा टाटा मोटर्सले उत्पादन गरेको टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने गरि सिट्रोन ई सीथ्री आएको हो।

ई सीथ्रीमा आईसी इन्जिनको तुलनामा ग्राउन्ड क्लियरेन्स भने १० एमएम कम हुनेछ।

आईसी इन्जिनयुक्त सीथ्रीमा १ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स छ भने ई सीथ्रीमा १ सय ७० एमएममात्र ग्राउन्ड क्लियरेन्स हुनेछ।

ग्राउन्ड क्लियरेन्स कम हुनेको कारण ब्याट्री प्याकको एडजस्टमेन्ट भएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *