Skip to content
-अनुपकुमार बराल, प्रवन्ध निर्देशक
नारायणी अटो बिजनेश प्रा. लि.
सिएट टायरको नयाँ शोरुम ललितपुरको बालकुमारीमा नारायणी अटो बिजनेश प्रालिले अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
शनिबार एक कार्यक्रमबीच ‘सिएट सप्पी’ नामक शोरुमको सिएट इन्डियाका अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा बोल्दै रावले सिएट टायरको नयाँ शोरुमले नेपाली ग्राहकको बदलिदो इच्छा एवं आवश्यकतालाई पुरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

‘नेपाली बजारमा सिएट टायरप्रति ग्राहकको विश्वास बढाउन नयाँ शोरुमले अझै बढी योगदान पुर्याउने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
गुणस्तरीय टायर भएकाले नै सिएटले नेपाली बजारमा बजार विस्तार गर्न सफल भएको उनको भनाइ छ ।
सिएट टायर गुणस्तरीय रहेकाले ग्राहकको माग बढ्दो रहेको सिएटका लागि नेपाल र भुटानका कन्ट्री म्यानेजर राजपाल चड्डाले बताए ।
कार्यक्रममा बोल्दै नारायणी अटो बिजनेश प्रालिका प्रवन्ध निर्देशक अनुपकुमार बरालले विश्वप्रशिद्ध सिएट टायर ब्राण्डसँग जोडिन पाउँदा गौरव महसुस भएको बताए ।
‘नेपाली बजारमा सिएट टायरको माग बढिरहेको छ । हामीले सञ्चालनमा ल्याएको शोरुमबाट अझै धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।
Post Views: 543