Skip to content
ललितपुरको बालकुमारीमा नारायणी अटो बिजनेश प्रालिले (CEAT) सिएट टायरको नयाँ शोरुम अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
शनिबार एक कार्यक्रमबीच ‘सिएट सप्पी’ नामक शोरुमको सिएट इन्डियाका अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै रावले सिएट टायरको नयाँ शोरुमले नेपाली ग्राहकको बदलिदो इच्छा एवं आवश्यकतालाई पुरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
‘नेपाली बजारमा सिएट टायरप्रति ग्राहकको विश्वास बढाउन नयाँ शोरुमले अझै बढी योगदान पुर्याउने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
गुणस्तरीय टायर भएकाले नै सिएटले नेपाली बजारमा बजार विस्तार गर्न सफल भएको उनको भनाइ छ ।
सिएट टायर गुणस्तरीय रहेकाले ग्राहकको माग बढ्दो रहेको सिएटका लागि नेपाल र भुटानका कन्ट्री म्यानेजर राजपाल चड्डाले बताए ।
Post Views: 233