पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध

पाल्पा : पहिरो खसेपछि पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ।

शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठुलो पहिरो खसे पछि सयौँ सवारी साधन अलपत्र परेका छन् ।

सडकमा पहिरो खसेपछि सो राजमार्ग हुँदै सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानीयवासीले जनाएका छन् ।

त्यसमाथि  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गए पछि  सवारीसाधन सडकमा अलपत्र परेका छन् ।

नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *