गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।

आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प बैशाख १६ देखि १८ सम्म सम्पन्न गरेको थियो ।

नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रधान गरिएको थियो।

सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशत सम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका थिए।

क्याम्पमा ग्राहकहरुको लागि जलपानको पनि उत्कृष्ट व्यवस्था गरिएको थियो । क्याम्पमा ८० जनाभन्दा धेरै सहभागीभएको कम्पनीले जानेको छ।

क्याम्पको बारे प्रतिक्रिया दिदै सागर रिमाल मोटरसाइकल वर्क सपका संचालक सागर रिमालले भने,“गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता थियो। उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए। आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ।”

नेपालमा गल्फ ब्राण्डबिगत ३८ बर्ष देखि लगातार ग्राहक वर्गको रोजाईमा पर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *