Skip to content
मकवानपुरको मनहरी गाउँपालिकामा हिजो बेलुकी साढे आठ बजे ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र २० वर्षका प्रवीण प्रजा छन्।
उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादु कार्कीले जानकारी दिए।
यस्तै, दुर्घटनामा परी सोही स्थानका २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । उनीहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा पाँचजना घाइते भएका थिए।
Post Views: 374