मौलाकाली केबलकारको उद्घाटन हुँदै

काठमाडौँ मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न भएको केबलकारको परीक्षण यही वैशाख १ गतेदेखि सञ्चालन भएको थियो ।

केबलकारको उद्घाटन वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा गरिनेछ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो ।

गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १।२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ ।

केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *