नेपालमा होर्विन इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको एकमात्र आयातकर्ता, पायोनियर वर्ल्डवाइड प्रा. लिमिटेडले नयाँ वर्षको लागि आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत Ek1 इलेक्ट्रिक स्कुटर, SK3 इलेक्ट्रिक स्कुटर र CR6 इलेक्ट्रिक बाइक लगायतका कुनै पनि हरविन विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत रु. ८०,००० सम्मको क्यासब्याक पाउनेछन्।
क्यासब्याक अफर बाहेक, होर्विनले ०% डाउन पेमेन्ट, कुनै पनि गाडीसँग एक्सचेन्ज सुविधा, सजिलो फाइनान्स, २ वर्ष नि:शुल्क सर्भिसिङ, १ वर्षको सडक करमुक्त र निःशुल्क हेल्मेट जस्ता थप फाइदाहरू पनि उपलब्ध गराउनेछ ।
यो योजनाको शुभारम्भको बारेमा पायोनियर वल्डवाइड प्रालिका निर्देशक श्याम सापकोटाले भने, “हामी नयाँ वर्षको लागि हाम्रो नयाँ योजना घोषणा गर्न पाउँदा उत्साहित छौं, जसले हाम्रा ग्राहकहरूलाई महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्नेछ । हामी आशा गर्दछौं कि यसले धेरै मानिसहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न र स्वच्छ वातावरणमा योगदान पुर्याउन प्रोत्साहित गर्नेछ।”