भारतमा पहिलो वाटर मेट्रो सञ्चालन हुँदै

भारतमा मंगलवार (२५ अप्रिल) बाट पहिलोपटक वाटर मेट्रो सञ्चालनमा आउन लागेको छ ।  केरलाको कोचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो वाटर मेट्रोको शुभारम्भ गर्नेछन् ।

कोची वाटर मेट्रोले राज्यको जल यातायात क्षेत्रमा क्रान्ति ल्याउने तथा पर्यटनलाई प्रवर्धन गर्ने केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन् ।

कोचिन शिपयार्ड लिमिटेडले बनाएको यो मेट्रो परियोजनाको आरम्भमा आठवटा विद्युतीय हाइब्रिड डुंगाहरू सञ्चालन गरिनेछन् ।

कोची वाटर मेट्रोले वरपरका १० वटा टापुलाई जोड्नेछ । यस परियोजनामा केरल सरकार र जर्मन कम्पनी केएफडब्ल्यूको लगानी छ।  कोची वाटर मेट्रो परियोजनामा ७८ वटा विद्युतीय डुंगा र ३८ वटा टर्मिनल छन्।

यो वाटर मेट्रो लिथियम टाइटानाइट स्पाइनल ब्याट्रीबाट चल्नेछ । यो वातावरणमैत्री, विद्युत्–सञ्चालित तथा अपांगमैत्री भएको बताइएको छ। यसमा वातानुकूलित डुंगाहरू हुनेछन् र यसका ठूला झ्यालले बाहिरको मनोरम दृश्यको आनन्द दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *