टाटा मोटर्सले गत वर्ष टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कन्सेप्ट कम्पनीको नयाँ ईभी प्लेटफर्म ‘बर्न इलेक्ट्रि’ मा तयार गरिने छ । सो कार दुई वा तीन पंक्ति सिटिङ विकल्पका साथ उपलब्ध हुनेछ ।
टाटा मोटर्सले यही प्लेटफर्म अन्तर्राष्ट्रिय रुपमा तयार गर्नेछ । सो प्लेटफर्ममा बन्ने कार आगामी २०२५ मा सोरुमहरुमा आइपुग्ने अनुमान गरिएको छ । भविष्यमा बजारमा आउने कार मानिने टाटा अभिन्याले टाटा मोटर्सको बजारलाई भविष्यमा एक कदम अगाडि बढाउने बताइएको छ ।
टाटा मोटर्सको अभिन्या इलेक्ट्रिक कन्सेप्टको प्लेटफर्म औडीको अर्बनस्फेयर जस्तो लाग्छ । एसयूभी र एमपीभी दुबैसँग मिल्ने यसको बडी स्टाइल बाहिरबाट हेर्दा क्रसओभर एसयूभी जस्तो पनि देखिन्छ ।
यसका साथमा टाटा मोटर्सले नयाँ ब्रान्ड लोगो समेत प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । यसका साथमा कम्पनीले नयाँ लोगोको पनि खुलासा गरेको छ ।
यसको फ्रन्ट र रियर दुबैमा बडीको लम्बाईसँगै एलईडी लाइट स्ट्रिप दिइएको छ । त्यसैगरी यसमा ठूलो अलोय ह्विल र युनिक बटरफ्लाई डोर छ । यसले फुल चार्जमा ५ सय किलोमिटर भन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । त्यसैगरी यसले अल्ट्रा–फास्ट चार्जिङ प्रयोग गर्ने र ३० मिनेट भन्दा कम समयमै फुल चार्ज हुने बताइएको छ ।