लगानीको वातावरण बनाउन पहल गर्ने

– चन्द्रप्रसाद ढकाल

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन्।

आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन्। महासंघको वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासंघको विधानअनुसार स्वतः अध्यक्ष भएका हुन्।

ढकालले गत बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्न सक्छ भन्ने उदाहरण आफैँ भएको बताए।

उनले पदभार ग्रहण गर्दै नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रूपमा काम गर्दा सफल हुने बताए।

अध्यक्ष ढकालले आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले साना व्यवसायीको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए।

उनले महासंघको नेतृत्वमा रहँदासम्म वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ। अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु।

सरोकारवाला पक्षहरू सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ। सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍याे भने मात्रै व्यावसायिक गतिविधि बढ्छ।

सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु । साना व्यवसायीको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्नेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *