विश्वको सबैभन्दा पुरानो रोयल इन्फिल्डले अर्को वर्ष इलेक्ट्रिक मोटरसाईकललाई बजारमा ल्याउने भएको छ ।
यो वर्ष मोटरसाइकलको प्रोटोटाइप तयार भइसक्ने र अर्को वर्षदेखी उत्पादन शुरु भएर बजारमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले दुईवटा इलेक्ट्रिक मोटरसाइकल प्लेटफर्ममा काम गरिरहेको छ । एउटालाई रोयल इन्फिल्ड एक्लैले अघि बढाएको छ भने अर्को स्पेनीस इलेक्ट्रिक भेइकल स्टार्टअप स्टार्क मोटरसाइकलसँगको सहकार्यमा तयार हुनेछ ।
स्टार्कले हाल भर्ग नामको इलेक्ट्रिक मोटरसाइकल बिक्री गरिरहेको छ । यसको पावर ८० एचपी र तौल ११० किलोग्राम रहेको छ भने यसलाई २ घन्टा चार्ज गर्दा ६ घन्टा गुडाउन सकिन्छ ।
रोयल इन्फिल्ड इलेक्ट्रिक मोटरसाइकलमा कुन साइजको ब्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन ।