Virtual Hot- Lap Competition मा सेन विल्शन विजयी

विश्वमै लोकप्रिय ई स्पोटसर्् नेपालको मोटर स्पोटर्समा प्रवेश भएको छ ।

सिमुलेटर प्रयोग गरी साच्चिकै ट्रयाकमा खेलेको अनुभुति हुने भएकाले विश्वभर निकै लोकप्रिय यो खेल

नेपालमा Frontier Motorsport ले जनवरी ५ देखी ८ सम्म आयोजना गरी सम्पन्न भएको छ ।

“Virtual Hot- Lap Competition” नामक सो प्रतियोगितामा सेन विल्शन पहिलो भएका छन भने निमन शाक्य र अनिश शर्मा क्रमस दोस्रो र तेस्रो भएका छन् ।

नासा ई स्पोटसर्् टिमका संयोजक समेत रहेका दिग्विजय अधिकारीले प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताएका छन् ।

Mclaren 570s GT4 कारको प्रयोग गरि Zandvoort ट्रयाकमा खेलिएको सो रेस जनवरी ५ र ७ मा बौद्धको जि क्याफेमा आयोजना र जनवरी ६ मा बालुवाटारको क्याफे सोमा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए । ती मध्ये उत्कृृष्ट १० प्रतिस्पर्धीले जनवरी ८ मा पिटस्टप इन्र्कपोरेटेडमा भएको फाइनलमा खेलेका थिए ।

अटोमोबाइलको अन्तर्राष्ट्रिय महासघं FIA ले पनि ई स्पोटसर्् केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै छ र मोटर स्पोटसर्् मूख्य विधाको रुपमा यो स्थापित हुदै छ भने सिङ्गापुरमा आयोजना हुने ओलम्पिक ई स्पोटसर््को रेसिङ्गलाई निकै चासोको साथ हेरिएको छ ।

नेपालमा १५ वर्ष देखि मोटर स्पोटसर््मा संलग्न नासा नेपालले ई स्पोटसर््को टिम निर्माण गरी यसै किसिमको कार्यक्रमहरु आयोजना गर्ने नासा नेपालका अध्यक्ष दशरथ रिसालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *