नेक्सन ईभी ३१२ किलोमिटर गुडने

नेक्सन ईभी, नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक एसयुभी मध्य सबैभन्दा धेरै २०५ एमएमको ग्राउण्ड क्लिरियन्स रहेको छ।

जसले गर्दा नेपाली सडकमा धेरै सहज हुनेछ।

यसले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर गुडाउन सकिने कम्पनिको दावी छ।

तर गाडीले रियल रेन्ज भने २१० देखि २४० किलोमिटरसम्मको मात्र प्रदान गर्दछ।

अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित नेक्सन ईभीमा ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ।

त्यस्तै नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ। त्यसैले यसलाई सरकारले बढाएको करले असर गर्न सकेन।

गाडीले १२९ पिएस पावर र २४५ एनएमको टर्क उत्पादन गर्छ। यसमा भएको ब्याट्रीमा कम्पनीले एक लाख ६० हजार किलोमिटर वा ८ वर्ष र गाडीमा एक लाख २५ हजार किलोमिटर वा ३ वर्षको वारेन्टी प्रदान गरिरहेको छ।

नेक्सन ईभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो ब्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डाइमन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्यान्डल जस्ता फिचर पाउन सकिन्छ।

यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ। लेदरको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट, ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोब बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्स्ट्रयुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ।

यसको मूल्य नेपाली बजारमा भेरियन्ट अनुसार ३८ लाख ९९ हजारदेखि ४२ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *