नेक्सन ईभी एक महिनामा डेलिभरी

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार टाटा मोटर्सले पछिल्लो समय नेपालको लागि राम्रो सप्लाई दिएकाले अबदेखि नेक्सन ईभी एक महिनाको अवधिमा डेलिभरी हुने भएको हो।

यसका साथै हालसम्म कम्पनीले नेक्सन ईभी मात्र नेपालमा १८०० भन्दा धेरै बिक्री गरिसकेको जनाएको छ। सिप्रदीले गत वर्षको साउनमा उक्त ईभीलाई नेपाली बजारमा भित्र्याएको थियो।

सुरुमा यस ईभीको वेटिङ समय ४–६ महिनासम्मको थियो। तर पछि टाटाले नेपालमा यसको माग अत्यधिक रुपमा भएपछि वेटिङ समय घटाउन थालेको थियो।

त्यही योजना अनुसार टाटाले सिप्रदीलाई मासिक २५० युनिट भन्दा धेरै नेक्सन ईभी र टिगोर ईभी सप्लाई गरिरहेको छ।

कम्पनीका अनुसार यो संख्या बढेर ३०० युनिटको हाराहारीमा पुग्ने पनि अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नेक्सन ईभीको लागि अझै बुकिङ मात्र १ हजार युनिटभन्दा धेरै रहेको छ।

सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका ईभीमा लगाएको प्रतिबन्धले धेरै गाडीहरुको मूल्य बढ्यो तर यो गाडी १०० किलोवाट क्षमताभन्दा कम भएकाले यसको मूल्यमा केही घटबढ भएन।

जसले गर्दा यसको रेन्ज, फिचर र मूल्यका कारण नेपालीले धेरै रुचाएको सिप्रदीले जनाएको छ।

यस्तै सिप्रदीले विभिन्न बैंकहरुसँग सहकार्य गरी ईभीका लागि १२.९ प्रतिशत ब्याजमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउदै आएको छ। यसले पनि ईभीको बिक्री बढेको कम्पनीको भनाइ छ।

यस्तै सिप्रदीले १९ वटा फाष्ट चार्जिङ स्टेसनहरु निर्माण गरेर संचालनमा ल्याएको छ। यसले गर्दा ग्राहकहरुलाई यात्रा गर्दा सहज वातावरण सिर्जना भएको छ।

यसभन्दा अघि कम्पनीले १६ वटा मात्र फाष्ट चार्जिङ स्टेसन निर्माण गरेको थियो तर यसको माग बढेपछि कम्पनीले केही दिन अगाडी फेरी ३ वटा चार्जिङ स्टेसन संचालनमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *