बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ ।
अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।
पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा घक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ ।
बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३०,००० छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ४०,०००, न्यूनतम डाउन पेमेन्ट रु. ६०,०००, र ५०% डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ ।
साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ ।
यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो । नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् ।
यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू रु. २,६४,९०० देखि रु. २५,१५,००० सम्म पर्दछ ।
बेनेलीको बारेमाः
बेनेली एक प्रिमियम मोटरसाइकल निर्माता हो जुन १९९१ मा स्थापना भएको थिया । यसमा प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु समावेश छन् जुन बलियो र स्पोर्टी दुवै छन् ।
बेनेलीका उत्पादनहरू सबै प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्र्ने गरी डिजाइन गरिएको छ र साथै यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ । यसका मोटरसाइकलहरू रुप र व्यवहारिकताको एक उत्तम संयोजन हुन्, र यसले भावनात्मक सम्बन्ध जगाउँछ ।
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडको बारेमाः
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड बेनेली र कीवे ब्रान्डका सवारीसाधनहरूको नेपालको लागि आधिकारिक बिक्रेता हो ।
विगत सात वर्षदेखि सञ्चालनमा आएको यो कम्पनीले नेपालभर बेनेली र कीवेका सवारीसाधन विक्री वितरण गर्दै आईरहेकोे छ ।
यो हाल पञ्चकन्या समूह, गोल्छा अर्गनाईजेशन र सारडा समूहको संयुक्त उद्यम हो । हाल यसका कुल २२ वटा आउटलेटहरू रहेका छन् जसमा बिक्री र स्पेयर पार्ट्सदेखि सर्भिसिङ्ग लगायतका 3s सुविधाहरू उपलब्ध छन् ।