नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
नाडाले तय गरेका नारा फेसबुक, इन्स्टाग्राम, टुरटर लगायत सामाजिक संजालमा प्रोफाइल पिक्चर राख्ने, आफुले चढ्ने गाडीमा नाराहरु टास्ने, नारालाई व्यानर बनाएर सोरुममा टास्ने, मंसिर २२ गते कालो पहिरन लगाई प्ले कार्डसहित बिहिबार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म माईतिघर मण्डलामा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यक्ष सुनिल रिजालले जानकारी दिए ।
अटोमोवाइल व्यवसायीहरुले सरकार र राष्ट्र बैंकलाई दवाव दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
विगत ८ महिनादेखि निजी प्रयोजनका कार, जीप, भ्यान तथा १५० सिसि माथिमा दुई पाँग्रे सवारी साधनको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नुपर्ने, पूर्नकर्जा नविकरण गर्ने म्याद १ वर्षको लागि थप गरिनुपर्ने, बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरावलोकन गर्नु पर्ने लगायतका विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
Post Views: 140