फेरि बढ्यो बजाज बाइकको मूल्य

बजाज बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले फेरि बजाजका विभिन्न मोडलका बाइकको मूल्यमा वृद्धि गरेको छ । अन्य बाइकमा सामान्य मूल्य वृद्धि गरेको भए पनि बजाजको सबैभन्दा महंगो बाइक डोमिनार ४०० को मूल्यमा भने एकै पटक ७ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।

डोमिनार ४०० को मूल्य पहिले ५ लाख ५४ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य ५ लाख ६१ हजार ९ सय रुपैयाँ पुगेको छ । पल्सर सिरिजका २०० एनएस एफआई एबीएस र पल्सर २२० एफ एबीएसको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भएको छ ।

पल्सर १२५ डिस्क र पल्सर १६० एनएस टीडी एबीएसको मूल्यमा ४ हजार रुपैयाँले वृद्धि भएको छ । पल्सर १५० टीडीको मूल्यमा २ हजार रुपैयाँले वृद्धि भएको छ । त्यसैगरी एभेन्जर २२० क्रुज, एभेन्जर १६० स्ट्रिट एबीएसको मूल्यमा पनि ३ हजार रुपैयाँले वृद्धि भएको छ ।

अन्य सबै बाइकको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि भएको छ । बजाजले हालै लन्च गरेको नयाँ बाइक डोमिनार २५० को मूल्य भने उही ४ लाख ८९ हजार ९ सय रुपैयाँ कायम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *