नयाँ फिचर सहित होन्डा हाइनेस सीबी

होन्डा टु ह्विलर इन्डियाले आफ्नो लोकप्रिय बाइक हाइनेस सीबी३५० मा आफ्नो होन्डा स्मार्टफोन भ्वाइस कमाण्ड सिस्टमको लागि आईओएस लन्च गरेको छ । कम्पनीको होन्डा स्मार्टफोन भ्वाइस कमाण्ड सिस्टमले ब्लुटुथ मार्फत स्मार्टफोनमा जडान गरेर कल, सन्देश र नेभिगेसन जानकारी देखाउँछ ।

सो फिचर बाइकको हाई–स्पेक डीएलएक्स प्रो र एनिभर्सरी एडिसन मोडलहरूमा मात्र उपलब्ध छ ।

सो बाइकमा नयाँ आईओएस कम्प्याटिबिलिटी इन्टिग्रेसन बाहेक बाइकका अन्य फिचरमा कुनै परिवर्तन गरिएको छैन । यसमा फुल एलईडी लाइटिङ, होन्डाबाट चयन गर्न मिल्ने टर्क कन्ट्रोल, असिस्ट र स्लिपर क्लच, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, इन्जिन इन्हिबिटरसहित साइड स्ट्यान्ड र ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छ ।

बाइकमा ३४८.३ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले ५५०० आरपीएममा २१ बीएचपी पावर र ३००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्न सक्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । बाइकको हार्डवेयर किटमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स, ट्विन रियर स्प्रिङ्स र दुबै पाङ्ग्रामा डिस्क ब्रेक समावेश गरिएको छ ।

नेपाली बजारमा हाल हाइनेस सीबी ३५० डीएलएक्स भर्सन उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *