Skip to content
मस्को : रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका लडाकुहरू विद्रोहको घोषणा गरेको २४ घण्टाभित्र रोस्तोभ-अन-डोन शहरबाट पछि हट्न थालेका छन् ।
यसअघि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रक्तपात रोक्न आफ्ना लडाकुहरूलाई युक्रेन फर्कन आग्रह गरेका थिए।
रूसी मिडिया रिपोर्टहरूका अनुसार प्रिगोजिन अब बेलारुस जानेछन् र उनी र वाग्नर समूहका लडाकुहरू विरुद्धको आरोपहरू खारेज हुनेछन् ।
योसँगै रुसमा नाटकीय र अशान्तिपूर्ण दिनको अन्त्य भएको विश्वास गरिएको छ ।
वाग्नर समूह पैसाको लागि लड्ने भाडाको निजी सेना हो ।
हाल युक्रेन युद्धमा यी वाग्नर समूहका लडाकुहरू रुसी नियमित सेनासँगै युक्रेनविरुद्ध लडिरहेका छन्।
Post Views: 213