वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा हामीले पनि यस क्षेत्रमा सानो टेवा पुगोस भनेर इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएका छौं ।
पहिलो पटक करिब ७ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण छन् ।
सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्नेवित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई हाम्रा स्कुटरको गुणस्तरले पक्कै पनि परिवर्तन गर्नेमा हामी विश्वस्त छौं ।
गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै यहि असार ८ गते देखि लागु हुने गरी हामीले मनसुन अफरको शुरुवात गरेका छौं ।
मनसुन अफर अन्तर्गत हामीले इकोविट ब्राण्डका हरेक मोडेलमा रु २१ हजारको छुटको व्यवस्था गरेका छौं ।
साथै एक बर्षको कर र विमा समेत हामीले नै गरिदिने तथा हरेक स्कुटरको साथमा एउटा हेलमेट निःशुल्क दिने ग्लोबल सेभेन प्रालिका प्रबन्ध निर्देशक हारुन खानले बताउनुभयो ।
यो अफर यहि असार मसान्तसम्म लागु गरिनेछ ।
बजारमा उपलब्ध विभिन्न ५ मोडेलका स्कुटरहरु
R3
३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ ।यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. ३,५९,००० मा उपलब्ध हुनेछ ।
R3 Pro
४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ ।यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ५,३०,००० तथा सिंगल बेट्रीमा रु. ४,३०,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ५,०९,००० र ४,०९,००० मा उपलब्ध हुनेछ ।
Vax
३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ ।यो स्कुटरको मुल्यरु. २,०१,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. १,८०,००० मा उपलब्ध हुनेछ ।
E-retro Star
२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ ।यो स्कुटरको मुल्य डबल बेट्रीमारु. ३,३४,००० र सिंगल बेट्रीमा रु. २,२५,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ३,१३,००० र २,०४,००० मा उपलब्ध हुनेछ ।
Kid’s Bike 1.0
५०० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट ८ एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ ।
जसलाई एकपटकको फुल चार्जमा करिब ४० किलोमिटरसम्म चलाउन सकिन्छ ।यो किड डर्ट बाइकको मुल्य रु. १,७६,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. १,५५,००० मा उपलब्ध हुनेछ ।