एकैपटक धेरै इलेक्ट्रिक सवारी भित्रिए

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा सबैभन्दा बढी १०० किलोवाट भन्दा कम क्षमताका विद्युतीय कार भित्रिएका छन् ।

यो अवधिमा भारत, चीन, इन्डोनेसिया, कोरिया र बेलायतबाट यी गाडी भित्रिएका हुन् । सबैभन्दा बढी भारतबाट २ हजार १७९ र त्यसपछि चीनबाट १ हजार २२१ विद्युतीय कार भित्रिएका छन् ।

यसैगरी १०० किलोवाटदेखि २०० किलोवाटसम्मको वर्गमा १०६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट शीर्षकमा १० वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय कार नेपाल भित्रिएको हो।

यसैगरी २०१ देखि ३ सय किलोवाटसम्म २ वटा विद्युतीय कार भित्रिएको हो।

गत जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । चालु आर्थिक वर्ष सकिने एक महिना बाँकी हुँदा ११ महिनामा कुल ३ हजार ८७० विद्युतीय कार भित्रिएका छन् ।

नेपालमा चालु अर्थिक वर्षको साउन महिनामा २११, भदौ महिनामा २०३, असोज महिनामा २९१, कार्तिक महिनामा ३१३, मंसिर महिनामा ३३५ र पुस महिनामा ३९६ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका थिए ।

त्यसैगरी माघ महिनामा २६०, फागुन महिनामा १८९, चैत महिनामा २५३ र बैशाख महिनामा ५०४ विद्युतीय कार भित्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *