कालिकोटमा जिप दुर्घटना

कालिकोटमा जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको छ ।

सेरी पान्तडी सडक अन्तर्गत शुभकालिका गाउँपालिका–६ गविरामा गएराती जिप दुर्घटना भएको हो ।

कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिमालले बताए ।

‘घटना मध्यराती भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्’, उनले भने, ‘जिपमा सवार तीनै जनाको मृत्यु भएका छ, देख्ने र घाइते अन्य कोही नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *