क्यास्ट्रोलको लक्की ड्रमा स्वेतवाराहिले मोटरसाइकल जिते

क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले ल्याएको ‘खरिद १ मौका ३’ स्किम अन्तर्गत दोश्रो महिनाको लक्की ड्र सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच विभिन्न सञ्चारकर्मी र व्यवसायीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नको आधिकारिक फेसबुक पेज र अन्य केही पेजमा समेत लाइभ गरिएको सो कार्यक्रम अन्तर्गत ललितपुरको स्वेतवाराहिले होन्डा युनिकर्न मोटरसाइकल लक्की ड्रमार्फत प्राप्त गरेको हो ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका डाइरेक्टर सुरजलाल श्रेष्ठले निकालेको 011840 लक्की ड्रमार्फतको कुपन नम्बरले सो मोटरसाइकल प्राप्त गरेको हो ।

त्यसैगरी रामु मोटरसाइकल वर्कसप, हात्तिगौडा, बुढानिलकण्ठले ५५ इन्चको एलजी स्मार्ट टीभी पाए ।

त्यसैगरी ३ जनाले टोटल हाई प्रेसर वासर, ४ जनाले डल्फिन प्लास्टिक टेबल ४ चेयर सेट, ५ जनाले सीजी २००० वाट इन्डक्सन कुकटप, ६ जनाले बाल्ट्रा जेट स्ट्यान्ड फ्यान र ८ जनाले यासुडा १.८ लिटर राइस कुकर पाए ।

त्यसैगरी एकएक जनाले एसी र रेफ्रिजिरेटर प्राप्त गर्न सफल भए ।

यी वाहेक १० जनाले डेउ लिथियम कर्डलेस स्क्रु ड्राइभर सेट र अर्को १० जनाले सीजी १.८ लिटर केटल प्राप्त गरे ।

क्यास्ट्रोल लुब्रिकेन्ट प्रयोग गर्ने रिटेलरहरुका लागि कम्पनीले ल्याएको खरिद १, मौका ३ अन्तर्गत हरेक पेल तथा कार्टुनको खरिदमा मौका १ अन्तर्गत हात खाली नहुने स्क्र्याच कुपन पाइन्छ ।

यसमा १११ देखि १ लाख ११ हजार १११ रुपैयाँ सम्मको नगद रकम पाइन्छ ।

त्यसैगरी मौका २ अन्तर्गत हरेक महिना हुने लक्की ड्रमा सहभागी भई हरेक महिना मोटरसाइकल सहित ५० विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त हुनेछ ।

मौका ३ अन्तर्गत सोही कुपनबाट बम्पर लक्की ड्रमा सहभागी भई निसान म्याग्नाइट गाडी, मोटरसाइकल सहित अन्य १०० विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त हुनेछ ।

छैटौं महिनामा सो बम्पर लक्की ड्र सार्वजनिक गरिने छ ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले यो कार्यक्रममा सहभागी हुन सबै रिटेलरहरुलाई आग्रह गर्दै आगामी दिनमा थप सहभागी संलग्न रहने अपेक्षा गरे ।

सरकारी नियम अनुसार निश्चित प्रतिशत कर तिर्ने गरी आगामी दिनमा विजयी रिटेलरहरुलाई पुरस्कृत गरिने उनले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *