नेपालका लागि टिभिएसका दुईपांग्र्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको ‘च्याम्पियन अफ टेक्नोलोजी अफर बुधबार सकिने भएको छ ।
कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न छुट तथा अफरसहित योजना सुरु गरेको थियो ।
नयाँ वर्ष ०८० को अवसर पारेर टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा सात हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा पाँच हजार रुपैयाँ मूल्य बराबरको हेलमेट सित्तैमा दिइरहेको जनाएको छ ।
त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँभन्दा बढी भ्यालुएसन पनि पाउने जनाइएको छ ।
कम्पनीले देशभर एक सय ४० भन्दा बढी डिलरहरूमार्फत उपभोक्तालाई सेवा दिइरहेको जनाएको छ ।
गुणस्तरीय उत्पादन, नवीन प्रविधिको प्रयोग, बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण यो सर्वाधिक रुचाइएको ब्रान्ड भएको कम्पनीको दाबी छ ।
Post Views: 269