तारङखोलामा बस दुर्घटना

नवलपुरको गैँडाकोट नगरपालिका– ३ तारङखोलामा बस दुर्घटना हुँदा नाैजना घाइते भएका छन् ।

गैँडाकोटको तारङखोलास्थित करिडोरमा मंगलबार साँझ साढे ६ बजे बस दुर्घटना भएको हो ।

चितवनबाट भ्रमणका लागि गएको बा.२ख ७५८३ नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका– ६ घुमाउरीघाट घुमेर फर्कने क्रममा ब्रेक फेल भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

बसमा २७ यात्रु थिए । ब्रेक फेल भएपछि सडकको बायाँतर्फ पल्टिँदा बसमा सवार नाैजना घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *