नेपालमा पनि छिटो लक्जरी ईभी सवारी साधनको माग बढ्दैं थियो, तर गत साल कर बढेपछि मूल्यका हिसावले निकै महंगो पर्न गएपछि यस्ता गाडीहरुको बिक्रि निकैं घटेको थियो ।
अहिले नेपाली बजारमा उपलब्ध विद्युतीय कारमा १०० किलोवाट देखि २०० किलोवाटमा धेरै मोडलका गाडीहरु पाइन्छन् ।
यस अघि १०० किलोवाट माथि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तः शुल्क लाग्दै आएर महंगो भएकोले यसलाई घटाएको छ ।
मूल्यका हिसावले निकै महंगो पर्ने यस्ता विद्युतीय कारमा घटाइएको कर ईभी व्यवसायीहरु र नागरिकको हितमा छ ।