Skip to content
टाटाको माइक्रो एसयूभी पन्च अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ।
नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च अब केही महिना भित्रै नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ।
सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ।
टाटा पन्चको आधिकारिक बिक्री भने सन् २०२३ को मध्यमबाट सुरुवात गरिने अनुमान गरिएको छ।
एचबीएक्स कन्सेप्टमा आधारित सो माइक्रो एसयूभीको मूल्य धेरै महँगो नहुने कम्पनीले जनाएको छ।
टाटा पन्च दुई इन्जिन अप्सनमा नेपाली बजारमा उपलब्ध हुनेछ।
टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ जसले अधिकतम ८६ बीएच पावर र ११३ एनएमको टर्क उत्पादन गर्दछ।
माइक्रो एसयूभी पन्चमा एलइडी लाइट, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, थ्री स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, डिजिटल टेकोमिटर, एनालग स्पिडोमिटर र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता धेरै फिचरहरु उपलब्ध छन्।
Post Views: 238