Skip to content
अटोमोबाइल बजार यति धेरै प्रतिस्पर्धी बन्दै गएको छ कि आफ्नो उत्पादन बारे जानकारी सहितको विज्ञापन गर्नैपर्ने हुन्छ।
टेस्लाले पनि आफ्नो उत्पादनको बिक्री बढाउन विज्ञापन गर्ने योजना बनाएको छ।
मंगलबार टेस्लाका सेयरहोल्डरहरूको बैठकमा सीईओ मस्कले पहिलो पटक टेस्ला विज्ञापनमा जानुपर्ने बताएका हुन्।
टेस्लाले हालसम्म कुनै पनि प्रकारको विज्ञापन गरेको छैन। अब भने टेस्लाले सानो खालको विज्ञापन गर्ने योजना बनाएको छ।
‘हामीले सानो एउटा विज्ञापन गर्ने तयारी गरेका छौँ, हेरौँ त्यसको प्रतिक्रिया कस्तो आउँछ’, एलोन मस्कले बताए।
अरबपति सीईओ मस्कले तत्कालका लागि टेस्लाको उत्पादन बिक्री गर्न विज्ञापनकै जरुरत नरहे पनि समय अनुसार आवश्वक पर्ने उल्लेख गरेका थिए।
यस अघि मस्कले टेस्लाका लागि कुनै विज्ञापन नै नचाहिने भन्ने गरेका थिए।
Post Views: 227