शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १० जना घाइते

काठमाडौँ : काठमाडौँको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालका अनुसार बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

घाइते मध्ये ६ जनाको पिपल्स अस्पताल नयाँ बजारमा उपचार भइरहेको छ ।

बाँकीको भने ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको रिजालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *