५०० चार्जिङ स्टेशन बनाउने तयारी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले चार्जिङ स्टेशनको विकासलाई लिएर कुनै पनि नीति नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले चार्जिङ स्टेशनको विकासलाई लिएर कुनै पनि नीति नभएको र बनाउन आवश्यक रहेको बताए ।

काठमाडौंमा चार्जिङ स्टेसन निमार्णको लागि ठूलो लागत लाग्ने हुनाले यसको निमार्ण गर्ने निकाय कुन हो भन्ने छुट्टिनु पर्ने उनले बताए ।

उनले हाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन राखेपछि इभीको विकास हुन्छ भन्ने योजनाको साथ अगाडी बढिरहेको बताए । ‘यो महिना भित्र ५१ वटा एकैपटक चार्जिङ स्टेशनको उद्घाटन गर्ने हो र ११ वटा थप्ने छौं,’ उनले भने ।

पहिलो चरणको चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा भएको बताउँदै उनले भने, ‘मेजर सिटिमा चार्जिङ स्टेसन बनिसकेको छ, बन्ने क्रम पनि जारी छ ।’

ज्ञवालीले प्राधिकरणले यो वर्ष एउटा चाजिङ् स्टेसनबाटै सबै गाडी चार्ज गर्न मिल्ने स्टेसन निमार्ण गर्ने योजनामा रहेको जानकारी दिएका छन् । उनले अब निजि क्षेत्रसँग सहयकार्य गरेर थप ५०० वटा चर्जिङ स्टेशन राख्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *