यातायात कार्यालयहरू आज खुला रहने

आज बुद्ध जयन्तीको सार्वजनिक बिदा भएपनि बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयले सेवा दिने भएका छन्।

यस वर्षदेखि बढी भिडभाड हुने कार्यालय सार्वजनिक बिदाको दिन पनि सञ्चालन गर्ने सरकारको नीतिअनुसार कार्यालय खुलेको हुन्।

यातायात कार्यालय सानो भर्‍याङका सूचना अधिकारी उपेन्द्र साहका अनुसार अन्य दिन जस्तो कार्यालयबाट सबै प्रकारका सेवा प्रवाह हुनेछन्।

धेरै सार्वजनिक विदा हुँदा सेवा प्रवाह प्रभावित भएपछि सरकारले विभिन्न दिवस तथा चाडपर्वमा हुने बिदामा विभिन्न कार्यालयहरू खोल्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयले आज सेवा दिने भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *