लक्ष्मी केयर्सको विद्युतीय सवारीसाधनद्धारा निःशुल्क यात्रा

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ ।

सो सवारीसाधन ज्येष्ठ नागरिक, फरक ढंगले अक्षम लगायतका पर्यटकलाई लुम्बिनी सम्पदा क्षेत्र परिसर भित्र निःशुल्क यात्राका लागि प्रयोग हुनेछ ।

आउँदो बुद्धजयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरूको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरू प्रदान गरिएको हो ।

लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्वअध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्तलाई हस्तान्तरण गरेका छन् ।

लक्ष्मी केयर्सले गत ०७९ चैत १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सांगीतिक कार्यक्रममा संकलित रकमबाट विद्युतीय सवारीहरूको सहयोग प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *