सिन्धुलीमा कार दुर्घटना

सिन्धुलीमा आइतबार बिहान भएको कार दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको छ।

कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा उक्त कार दुर्घटना भएको हो।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नम्बरको रातो ग्रेटवाल कार दुर्घटनामा झापा चारपानेमा बस्ने कार चालक ४३ वर्षीय कुमार पुरी र काठमाडौं महानगरपालिको गौरीघाटमा बस्ने ३८ वर्षीय साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

उनका अनुसार प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ।

कार अनियन्त्रित भई सडकबाट बायाँ तर्फ २० मिटर तल भिरमा खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *