रोयल इनफिल्ड तीन नयाँ मोटरसाइकल ल्याउने तयारीमा छ । कम्पनीले चाँडै तीन फरक फरक सेगमेनटका नयाँ मोटरसाइकल ल्याउने भएको हो ।
रोयल इनफिल्ड ब्राण्ड नयाँ बुलेट ३५०, हिमालयन ४५० र शटगन ६५० ल्याउने तयारीमा छ । यी तीनै मोटरसाइकल २०२३ को अन्त्य सम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ ।
बुलेट ३५०
कम्पनीले चाँडै ३५० सीसी अपडेटेड इन्जिनका साथ बुलेट ३५० ल्याउने तयारी गरेको छ । नयाँ बुलेट ३५० मा ३४९ सीसी आयल कुल्ड ओएचसी इन्जिन हुनेछ जसले २० पीएस पावर तथा २७ एनएनको टर्क जेनेरेट गर्नेछ ।
हिमालयन ४५०
कम्पनीले चाँडै हिमालयन ४५० ल्याउने तयारी गरेको छ । अब आउने हिमालयनमा ४५० सीसी लिक्वीड कुल्ड इन्जिन हुने अनुमान गरिएको छ ।
शटगन ६५०
कम्पनीले चाँडै शटगन ६५० पनि ल्याउने तयारी गरेको छ । यसमा ६४८ सीसी प्यारलल ट्वीन इन्जिन हुनेछ । २०२३ को अन्तिमसम्ममा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गरिएको छ ।