तनहुँमा वाग्लेको गाडीमाथि भयो तोडफोड

८ वैशाख, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडीमाथि तोडफोड भएको छ ।

दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।

उक्त गाडी अहिले प्रहरीको जिम्मामा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए ।

प्रहरीले राति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *